लुम्बिनी प्रदेश

एक लाख नपाएको झोकमा धोबीले शिवराज नगरपालिकाको खेदो खन्दै

नवलपुर टुडे
२०८० बैशाख २९ | मध्यान्ह ०४:०१ बजे

दिपक खड्का
चन्द्रौटा, कपिलवस्तु । नगरभित्रका अनलाइन मिडियालाई छुटाएको १ लाख रुपैया शनिउल्लाह धोबीले संचालन गरेको न्युज सेन्टर नेपालले नपाएपछि उनी नगरपालिका प्रति नकारात्मक भएको र खेदो गर्दै आएका छन् ।

नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक वर्ष २०७९/०८० को नगरस्तरीय विविध योजना तथा कार्यक्रम २०७९ को क्र.स २० मा रहेको नगरभित्रका अनलाइन मिडियालाई छुटाएको १ लाख रुपैया शनि उल्लाह धोबीले पाउनु पर्छ भनि पटक, पटक नगरपालिका धाएपनि रकम नपाएकोमा गुनासो पोख्ने ।

शनि उल्लाह धोबीले मनमानी ढङ्गले पैसा नआउने देखेपछि नगरपालिका र नगपालिकामा कार्यरत कर्मचारीहरुलाई दुख दिने नियतले विभिन्न किसिमको सूचना माग्ने गरेको र उनीहरुलाई बदनाम गराउने गतिविधिमा लागेका छन् ।

नगरपालिकाले शिवराज क्षेत्र भित्र अन्य अनलाइनसमेत रहेकोले सबै अनलाइनलाई रकम बराबर दिनुपर्ने बताएपछि शनि उल्लाह धोबीले एक लाख रुपैया जसरी भएपनि पाउनु पर्ने दाउमा रहेपनि नआउने देखेपछि शनि उल्लाह धोबी नगर पालिकाको विपक्षमा हात धोएर लागेका छन् ।

रेडियोवाट पत्रकारीता सुरु गरेका शनि उल्लाह धोबी आचरणका कारण स्थानिय रेडियो शिवराज एफ.एम.वाटसमेत कार्वाहीमा परि निष्कासन भएका थिए । केही समय महाराजगंजमा कम्प्युटर अपरेटको जागिर गरेका शनि उल्लाह धोबी समयमा कार्यालय नजाने कर्माचरीहरुलाई अनावश्यक दबाव दिने खालको गतिबिधी गरेकोले नगर प्रमुख अब्दुल कलामको दवाबमा जागिर छोडेको पालिकामा काम गर्ने कर्मचारीले नाम नभन्ने सर्तमा बताए ।

शनि उल्लाह धोबीले शिवराज नगरपालिकामा एउटा सुचनाको २८ हजारको बिल पेस गरेको र पालिकाले १५ हजार भन्दा बढि कुनै पनि सुचना नदिने मापदण्ड बनाए पछि धोबी थप आक्रोशित भएका थिए । उनले महाराजगंज नगरपालिकावाट एउटा सुचनाको ५० हजार देखि १ लाख लिने गरेकोले शिवराजले पनि दिनु पर्ने पत्रकारहरुको छलफलमा कुरा उठाउने गरेका छन् ।

शनि उल्लाह धोबीलाई अनावश्क समाचार बनाएको विषयमा पटक पटक जिल्ला प्रहरी कार्यालयले सोधपुछका लागि बोलाएको र उनले भविष्यमा मनगढन्त समाचार नबनाउने भने पछि छाडिएको थियो ।

हाल मञ्जुश्री बहुउद्धेश्यीय सहकारी संस्थाको लि. व्यवस्थापकको पदमा कार्यरत शनि उल्लाह धोबीले बचत कर्ताको बचत समयमा फिर्ता नगरेको आफिस समयमा समाचार संकलन गर्न हिडेको नाम नखुलाउने सर्तमा गुनासो गरे ।

यस विषयमा सहकारीका निर्देशक खिमराज भण्डारी संग सम्पर्क गर्दा उनी सहकारीको व्यवस्थापक भएको र संस्थाले निर्माण गरेको आचार संहितामा मान्नु पर्ने र पदको मर्यादामा बस्नु पर्ने बताए । भण्डारीले यस विषयमा उनी संग स्पष्टीकरण लिने बताए ।

कमेन्टहरु