लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नहकुल केसी नियुक्त

नवलपुर टुडे
२०८० बैशाख २६ | मध्यान्ह ०६:०१ बजे

बुटवल, वैशाख २६ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नहकुल केसीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील छन् ।
लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । रासस























