लुम्बिनी प्रदेश

जन जागरण यूवा क्लव कपिलवस्तुद्वारा प्रतिनिधि सभा सदस्य गुप्तालाई ज्ञापन पत्र

नवलपुर टुडे
२०८० बैशाख २१ | बिहान १०:०१ बजे

प्रिन्स मिश्रा
कपिलवस्तु । श्री जन जागरण यूवा क्लवले प्रतिनिधि सभा सदस्य मंगल गुप्तालाई ज्ञापन पत्र बुझाएको छ।
डिग्री कलेजको माँग गर्दै क्लबका अध्यक्ष लवकुश तिवारीको अगुवाईमा श्री जन जागरण युवा क्लबले प्रतिनिधि सभा सदस्य मंगल गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन ।

कृष्णनगर छेत्रमा उच्च शिक्षाको लागि डिग्री कलेजको अवस्यकता रहेको भन्दै डिग्री कलेजको माँग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र –
उपरोक्त सम्बन्धमा यो छ कि हाल श्री जन जागरण यूवा क्लव जि०क०व० कृष्णनगर न.पा वडा नं. ८ को मा हामी समस्त बुद्धिजिविहरुले आफ्नो क्षेत्रको बातावरणमा शिक्षा भुमिका धेरै नै कमजोर देखिएको र साथै हाम्रो एरियाको पढने बिद्यार्थीहरुले पनि उ च्च शिक्षा तर्फ जाना धेरै असमर्थ पनि भएका छन किन कि बिद्यार्थीहरुको बुवा आमाहरुको पनि आर्थिक स्तर पनि झन कमजोर छ । सो अब बिद्यार्थीहरुको सुबिधाको लागि आफ्नै क्षेत्रमा नै एउटा डिग्री कालेजको नितान्ट आवश्यकता परेकोछ । जसबाट गरिब टाइलेन्ट विद्यार्थीहरुले सुचारु रुपले उच्तम शिक्षा ग्रहण गर्न मौका पाउने भनि यस श्री जन जागरण युवा क्लवको बिशेष चाहना रहेको छ । सोहि बिषयमा श्री मान समक्ष हामीहरुले आफ्नो हृदमयी स्नेहले यो बिन्ती पत्र बुझउना आएका छौ जसमा हामीहरुको सम्मपूर्ण विश्वास र श्रद्याका साथ शुभ कार्य सफल हुनेछ भनि शुभकामना गर्दछौ । तथा सामाजिक परम्पराको बिकास तर्फ मौका मिल्ने ज्ञापन पत्रमा उल्लेख छ।

photo 2023 05 04 09 59 44

कमेन्टहरु