पश्चिम नवलपरासीको बर्दघाटमा भन्सार छली ल्याईएको अबैध कपडा बरामद


नवलपरासी, बैशाख १४ । पछिल्लो समय पश्चिम नवलपरासी प्रहरीले भारतबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याएको विभिन्न सामान दैनिकरुपमा बरामद गरिएको छ । विहिबार पश्चिम नवलपरासीको बर्दघाटमा भारतबाट अबैधरुपमा भन्सार छली ल्याएको तीन लाख भन्दा बढी मूल्य बराबरको अबैध कपडा बरामद गरिएको छ ।
बरामद सामान सर्टिङ थान कपडा १०३९ मिटर जसको नेपाली मुल्य रु .३,१०,६६१/-अक्षरुपी ३ लाख १० हजार ६ सय एकसट्ठी र सुटिङ थान कपडा १७२ मिटर नेपाली बजार मूल्य रु.५१,४२८/- अक्षरुपी ५१ हजार ४ सय अठ्ठाईस रुपियाँ गरी जम्मा मुल्य रु. ३,६२,६१६/- अक्षरुपी ३ लाख ६२ हजार ६ सय सौरह रुपियाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।
विहिबार दिउँसो २ बजे बिशेष सुचनाको आधारमा अवैध रुपमा भन्सार छली चोरी गरी ल्याएको कपडा लगायतको सामान लुकाई छिपाई राखेको सुचनाको आधारमा बर्दघाट नगरपालिका- ४ स्थित मिनादेवीको घरको सटरमा चेकजाँच गर्दा उक्त मूल्य बराबरको अबैध कपडा बरामद गरिएको हो । उक्त स्थान जिल्ला प्रहरी कार्यालय परासीबाट अन्दाजी १४ किलोमिटर पुर्व पर्छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. मदन बस्याल र राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीबाट राजश्व अधिकृतको कमाण्डमा खटिगएको संयुक्त टोलीले बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाएको पाण्डेयले बताए ।























