नवलपरासीमा लागुऔषध विरुद्ध प्रशिक्षण सम्पन्न

नवलपुर टुडे
२०८० बैशाख १४ | मध्यान्ह ०६:०१ बजे

नवलपरासी, बैशाख १४ । पश्चिम नवलपरासीमा लागूऔषध विरुद्ध प्रशिक्षण समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रमादेवी मिडिया प्रालि संगको सहकार्य र रामग्राम नगरपालिकाको आयोजनामा रामग्राम नगरपालिका- ३ स्थित कृषि ज्ञान केन्द्र परासीको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख र उपप्रमुख लगायतको उपस्थितीमा स्थानीय युवाहरु तथा संचारकर्मीसमेतको सहभागितामा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेद्वारा लागू औषध दुर्ब्यसानी तथा अपराध विरुद्धमा प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त परीक्षणको क्रममा लागू पदार्थ भनेको के हो ? युवाहरूलाई यसको कुलतमा लाग्न नदिन के कस्तो उपायहरु अपनाउन सकिन्छ र यो अपराधमा संलग्न उपर के कस्तो कानुनी सजाय हुन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।























