कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

नवलपुर टुडे
२०८० बैशाख १३ | बिहान ११:०१ बजे

काठमाडौ, बैशाख १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो । जसमा एक हजार ४५३ परीक्षा केन्द्र रहने छ भने चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो ।
कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हुँदा परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ।























