देश, लुम्बिनी प्रदेश

सरावलदेखि हुलाकी मार्गसम्मको सडकको धुलोले दुर्घटनाको जोखिम, पालिका प्रमुख मौन

नवलपुर टुडे
२०८० बैशाख १० | मध्यान्ह ०९:०१ बजे

रामजि प्रजापति

नवलपरासी, बैशाख १० । पश्चिम नवलपरासीको सरावदेखि हुलाकी सडक मार्गसम्ममा कैयौं दुर्घटना भैसकेको छ । उक्त बाटो अहिले पनि अन्योलमा छ । सरावलदेखि हुलाकी सडक जोडिएको बाटोमा दैनिक जसो दुर्घटना हुने गर्छ । कयौं बर्ष बितिसक्दा पनि बाटोको काम जस्ताको त्यस्तै हुदा दिनहुँ दुर्घटना भएको समाचार धेरै संचार माध्याम र सामाजिक संजालमार्फत आईरहेकै छ ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीको ध्यान उक्त बाटोमा नपुग्दा त्यस बाटो नजिक र गाउँका स्थानीयहरु धुलोको कारणले स्वासप्रस्वास फेर्न अप्ठ्यारो भएर चिन्तित छन । स्थानीयहरु बाटोको कार्य छिटो समाधान होस भनेर पटक पटक सम्बन्धित निकाय र सरावल गाउँपालिकाको प्रमुखलाई जानकारी गराउदा पनि केही समाधान नभएको गुनासो स्थानीयको छ ।

उक्त पालिका प्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्ष र सदस्य लगायतका कर्मचारीहरु त्यही बाटो भएर सधै आउने जाने गर्छन् । तर, बाटोको हालत बटुवाको समस्या र स्थानीयले खेपिरहेका समस्या बारे केही चासो नलिदा सो पालिकामा स्थानीय सरकार नभएको भान हुन्छ ।

सरावलदेखि हुलाकी बाटोसम्म पीच हुन सकेको छैन । सायद यो गाउँपालिकामा पर्दैन् होला ? भनेर त्यही पालिका भित्रै पर्ने युवा र समाजसेवीहरु आ-आफ्नो फेसबुकबाट घटिरहेको घटना र स्थानीयले भोगिरहेको समस्या बारे सामाजिक संजालमा पोष्ट गरेर टिकाटिप्पणी गर्दै, पालिका प्रमुखलाई अबगत गराई चेतावनीसमेत दिएको स्थानीय एक युवाले बताए ।

कमेन्टहरु