शिक्षा, समाचार

चौधरी फाउण्डेसनद्वारा महेन्द्र जनता माध्यमिक विद्यालय गडौरीमा अध्ययनरत २० छात्रालाई साईकल सहयोग

नवलपुर टुडे
२०८० बैशाख ७ | मध्यान्ह ०६:०१ बजे

नवलपरासी । नवलपरासी पश्चिममा चौधरी फाउण्डेसनद्वारा छात्राहरुलाई साईकल सहयोग गरिएको छ । फाउण्डेसनले सरावल- ६ गडौरी अवस्थित श्री महेन्द्र जनता माध्यमिक विद्यालय गडौरीमा अध्ययनरत २० जना छात्राहरुलाई साईकल सहयोग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा चौधरी फाउण्डेसनका सचिव शारिका चौधरीले विद्यालयमा अध्ययनरत छात्राहरुलाई शिक्षामा सहज पहुँच पुर्याउन साईकल सहयोग गरिएका बताउनुभयो । उहाँले छात्राहरुलाई सहजता प्रदान गरिदिदाँ थप शैक्षिक प्रगतिहुने विश्वासकासाथ साईकल सहयोग गरिएको बताउनुभयो ।विद्यालयमा रिक्त भएका कम्प्यूटर शिक्षकसमेत उपलब्ध गराउने बाचा गर्दै थप आवस्यक परे आफुहरु हरपल तयार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुलीले विद्यार्थीलाई चौधरी फाउण्डेसनले साईकल हस्तान्तरण गरेर विद्यार्थीहरुलाई सुनौलो अवसर प्रदान गरेको बताउनुभयो । उहाँले संस्थाको सहयोगले टाढाबाट असहज परिस्थितिमा पढ्न आउनुपर्ने बाध्ययताको अन्त्य भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे विद्यालयका प्रधानाध्यापकले मोहम्मत ईरफान शेखले पिछडा क्षेत्रमा चौधरी फाउण्डेसनले गरेको सहयोग भनेको महान पुन्यको काम भएको बताउनुभया्े ।

त्यसैगरी विद्यार्थीहरुले आफुलाई गरेको सहयोगले आफ्नो समय र पैसा दुबै बचत भएको बताए । उनिहरुले अब आफुहरुलाई विद्यालय आउँदा तथा जाँदा बाटोमा लाग्ने समयमा थप अध्ययन गर्न पाउने र अबेरसम्म विद्यालयमा पढाई हुदाँ घरमा चिन्ता नहुने बताए । त्यस्तै अभिभाव सगुल ह खाँले समयको अभावमा भोकै विद्यालय जानुपर्ने बाध्ययताको अन्य तथा बाटोमा केहि भयो की भन्ने चिन्ता अब गर्नु नपर्ने भएको बताउनुभयाे ।

कमेन्टहरु