मनोरन्जन

वर्षा शिवकोटी, सुरवीर पण्डित अभिनित “मदहोश बने” गीत सार्वजनिक(भिडियोसहित)

नवलपुर टुडे
२०८० बैशाख ६ | बिहान ०७:०१ बजे

काठमाडौ । अमेरिकामा बसेर नेपाली साहित्य र संगितमा निरन्तर सक्रिय रहेका गायक लेखक काफ्लेको नयाँ गीत “मदहोस बने” सार्वजनिक भएको छ । काफ्लेकै अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र संगीत तथा संकलन किरण भुसालको रहेको छ । साथै मिक्सिङ तथा मास्टरिङ भने फिल स्टुडियोका अशोक महर्जनले गर्नुभएको छ ।

दोलखाको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा नायिका वर्षा शिवकोटी, वरिष्ठ कलाकार सुरवीर पण्डित र लेखक काफ्लेको अभिनय रहेको छ । भिडियोमा एक प्रेमिल जोडीको प्रेम कहानी र बियोगान्तको कथालाई निर्देशक केशवराज राज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोस :
https://youtu.be/7QqISnu8Kow

 

कमेन्टहरु