लुम्बिनी प्रदेश

नवलपरासीको रामग्राममा आगलागी हुँदा २० हजारको क्षती

नवलपुर टुडे
२०८० बैशाख ४ | मध्यान्ह ०६:०१ बजे

नवलपरासी, वैशाख ४ । नवलपरासीको रामग्राम नगरपालिका – ४ चन्द्रगढिमा आगलागी भएको छ । आज (सोमबार) दिउँसो करिब साढे ४ बजे स्थानीय बिकाउ सहानीको पिल्लर र भित्तामा टिनले छाएको २ कोठे घरको पछाडी राखेको खरमा आगलागी भएको हो ।

सहानीका नाती अन्दाजी ५ वर्षीय अर्जुन सहानीले खेल्ने क्रममा सलाईबाट आगो लगाएको प्रहरीले जनाएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक अम्मर बहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली खटि गई प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब १६:५५ बजेतिर आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

उक्त आगोलागीबाट करिब २०,००० रुपैयाँ बराबरको खर जलि क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । अन्य मानविय, चौपाया, अन्नपात तथा भौतिक क्षती भने नभएको उनले बताए । आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट ४ कि.मि. दक्षिणमा पर्छ ।

कमेन्टहरु