लुम्बिनी प्रदेश

रुपन्देहीबाट एक बालक ‘परीक्षामा नतिजा राम्रो नआएपछि’सम्पर्कविहिन, खोजीका लागि प्रहरीमा परिवारको अपील

नवलपुर टुडे
२०८० बैशाख ३ | बिहान ०८:०१ बजे

बुटवल । परीक्षामा राम्रो नतिजा नआएपछि रुपन्देहीबाट एक बालक सम्पर्कबिहिन भएका छन । रुपन्देहीको सियारी गाउँपालिका–१ का एक बालक ३ दिनदेखि सम्पर्कविहिन भएका हुन । गत चैत्र ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपाशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरेका छन् ।

स्थानीय लुम्बिनी ज्ञानज्योति ईङ्गलिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययन गर्ने दिपाशु परीक्षामा राम्रो नतिजा नआएपछि घर परिवारले गाली गर्ने डर वा अन्य कुनै कारणले सम्पर्कविहिन भएको हुन सक्ने पारिवारिक श्रोतले आशंका व्यक्त गरेका छन् ।

चैत्र ३० गते घरबाट विद्यालय गएको भएपनि विद्यालयमा परीक्षाको नतिजा सुने लगत्तै विहान १० बजे त्यहाँबाट साइकिल लिएर निस्किएका थिए । सोही दिनको मध्यान्ह करिब १२ बजेको समयमा तिलोत्तमाको ड्राइभर टोलमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा सिसिटिभी फुटेज भेटिएको स्थानीय उमेश क्षेत्रीले जानकारी दिए ।

विद्यालयको पोशाकमै उनी सम्पर्कविहिन भएका हुन् । विद्यालयका पोशाक सेतो कालो धर्का रहेको सर्ट, कालो पाइन्ट र जुत्ता लगाएको परिवारले जनाएको छ । बालक सम्पर्कविहिन भएपछि घटनाको दिननै बुवा टेकबहादुर कार्कीले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए भने शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

फेला पार्ने व्यक्तिले परिवारको फोन नम्बर ९८०३०८३६९५ वा ९८४७२२१८४८ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
जाहेरी प्राप्त भएलगत्तै नेपाल भारत सीमा क्षेत्र तथा रुपन्देही र छिमेकी जिल्लाका सम्भावित क्षेत्रका प्रहरी चौकीहरुमा समेत सर्कुलर जारी गरी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म बालक भेटिन सक्ने उल्लेख्य सुराक नभेटिएको भएपनि खोजी कार्यलाई निरन्तरता तिब्रता दिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

कमेन्टहरु