शिक्षा

कृष्णनरको सेन्टज्यूड्स इंग्लिश बोर्डिंगले मनायो भव्यताका साथ बार्षिक उत्सव

नवलपुर टुडे
२०७९ चैत्र २६ | मध्यान्ह १०:१२ बजे

कपिलवस्तु, चैत्र २६ । कपिलवस्तु जिल्लाको कृष्णनरमा रहेको सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूलले भव्यताका साथ बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल व्यवस्थापन समिति अध्यक्ष सुशील कुमार श्रीवास्तवले गरेका थिए । अतिथिहरुमा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, युवा नेता मिर्जा राशिद बेग, कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, युवा नेता वृजेश कुमार गुप्ता रहेका थिए l

कार्यक्रममा विद्यालयको बार्षिक उत्सव धुमधामका साथ मनाइएको साथै विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए र विभिन्न कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका तथा कक्षामा राम्रो स्थान हासिल गरेकालाई मनोबल उच्च बनाउन पुरस्कारसमेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक धिरेन्द्र कुमार सिंहले जानकारी दिएका छन् l

कृष्णनरको शैक्षिक धरोहरको रूपमा रहेको उक्त विद्यालय लामो समयदेखि शिक्षाको क्षेत्रमा योगदान दिदै आएको छ l कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, समाजसेवी, पत्रकार, स्थानीय लगायतको उपस्थित रहेको आयोजकले जनाएको छ।

कमेन्टहरु