लुम्बिनी प्रदेश

लुम्बिनी पीस ओपन हाफ म्याराथन शुरु, नेकपा अध्यक्ष ओलीले गरे उद्घाटन

नवलपुर टुडे
२०७९ चैत्र २३ | बिहान ०९:१२ बजे

बुटवल । बुद्ध जन्मस्थलमा लुम्बिनीमा पीस हाफ म्याराथन प्रतियोगिता सुरु भएको छ ।

शान्ति र सम्मृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिला तथा पुरुष खेलाडी मैदानमा उत्रिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्रबहादुर घले विमला राना र मोहन घलेलाई दिएर प्रतियोगिताकाे उद्घाटन गरे । मायादेवी मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने छन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।

कमेन्टहरु