लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री गिरी अल्पमतमा परेपछि प्रदेशसभा बैठकमा अनुउपस्थित

नवलपुर टुडे
२०७९ चैत्र २१ | मध्यान्ह ०२:१२ बजे

दाङ, चैत २१ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुउपस्थित भएका छन् ।सोमबार देखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुउपस्थित भएका हुन् ।

सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् । यता, सत्तारुढल दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमत परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाब दिएका थिए । मंगलबार पनि जारी प्रदेश सभा बैठकमा छिटोभन्दा छिटो मार्ग प्रशस्त गरेर निकास दिनुपर्ने बताए ।

 

कमेन्टहरु