पश्चिम नवलपरासीको सीमाक्षेत्रमा एपिएफ र एसएसबीको संयुक्त गस्ती


खुरसेद हजाम
नवलपरासी, चैत १८ । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका- ६ हरपुर अव्यवस्थित एपिएफ र भारतका झुलनिपुर एसएसबीद्वारा नेपाल भारत सीमाक्षेत्रमा संयुक्त गस्ती गरेको छ ।
नेपाल भारतको सीमा क्षेत्र हुँदै आएका चोरी तस्करी र अपराधीक क्रियाकलाप रोक्ने उदेश्यले संयुक्त संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले नवलपुर टुडेलाई जानकारी दिए । सपकोटाले दुबै तिरबाट सयुक्त गस्ती र निरीक्षण गर्दा अपराध गर्नेहरुको मनोबल कमजोर हुनुका साथै दुबै मुलुकका सीमा क्षेत्रका बासिन्दाहरुमा भाइचाराको सम्बन्ध प्रगाढ हुने बताए ।
नेपालका तर्फबाट गुठीप्रसौनी बिओपीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटा र भारतको तर्फबाट एसएसबीको झुलनिपुर कम्पनीका नयाब निरीक्षक नेतृत्वमा दुबैतिरबाट ९/९ जनाको समूहले सीमा क्षेत्र पिलर न ५०० देखि ५००१ सम्म सयुक्त गस्ती गरिएको हो ।























