´नाइँ नभन्नु ल ६’ रिलिजको मुखैमा अनुभव रेग्मीलाई एसईईको चटारो

नवलपुर टुडे
२०७९ चैत्र १७ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ, चैत १७ । टिनएज अभिनेता अनुभव रेग्मी पढाइ र फिल्म करिअरलाई सँगै अघि बढाइरहेका छन् । सानैदेखि अभिनयमा खारिएका उनी पढाइमा पनि तीक्ष्ण छन् ।
१० वर्षअघि फिल्म ‘रिदम’बाट अभिनय करिअर थालेका उनको पछिल्लो फिल्म ‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते देशव्यापी प्रदर्शन हुँदैछ । यतिबेला अनुभवलाई पढाइ र फिल्मको भ्याइनभ्याइ छ । फिल्म प्रचार गर्ने बेला उनी परीक्षामा होमिएका छन् । परीक्षा सकिएपछि मात्र प्रचारमा जुट्ने अनुभवका बुवा अरुण रेग्मीले बताए ।
शुक्रबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा अनुभव पनि सहभागी छन् । उनले भीमसेन गोला स्कुल परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । उनी बुद्धनगरको काव्य स्कुलका विद्यार्थी हुन् । कक्षा १ देखि नै उनले यो स्कुलमा पढ्दै आएका छन् ।























