ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०७९ चैत्र १५ | बिहान ०६:१२ बजे

ताप्लेजुङ, चैत १५ । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि दुई दिन पहिला बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।























