बाेधि धर्म संघकाे १६ औं महा मै मैत्री पुजाकाे तेश्रो दिन सिन्धुपाल्चोक बाडेगाउँमा सम्पन्न


सिन्चुपाल्चाेक । महासम्बोधी धर्म संघले चैत्र ८ देखि १२ गतेसम्म १६ औं मैत्री दिवस मनाउने क्रमकाे अाज तेश्राे दिन सिन्धुपाल्चोकमा सम्पन्न गरेको छ । १६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत बोधि श्रवण धर्म गुरुका भक्तजनहरूले यस पटक मैत्री दिवस आइतबार देखि भब्य रूपमा मनाउदै छ । सोही क्रममा मंगलबार सिन्धुपाल्चोकमा कार्यक्रम सम्पन्न गरेको छ ।

मैत्री दिवस चैत्र ८ गते देखि चैत्र ११ गते सम्म चार दिन लगातार मनाइन्दैछ भने चैत्र १२ गते सर्लाहीको पत्थरकोटमा महापूजा गरि समापन गरिने बोधी श्रवण धर्म संघले नवलपुर टुडेलाई जानकारी दिनुभएको छ ।
बोधि श्रवण धर्म संघका गुरु दैवी शक्तिको प्रवेश पछि बाराको हलखोरिया जंगलमा गुप्त तपस्या लिनु भएका थिए । वहाँलाई ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म संघ गुरुका नामले चिनिनु हुने छ । गुरुका संसार भर भक्तजनहरू रहेका छन् र नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।

केही वर्षयता उहाँका विरुद्ध विभिन्न स्तरका षड्यन्त्र हुँदै आएका छन् । नेपाल प्रहरी प्रशासनलाई समेत गुरु विरुद्ध प्रयोग गर्ने प्रयास पटक-पटक भएको दुखदाय हो । मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा गुरुप्रतिको आकर्षण झन बढ्दै गएको छ ।























