काङ्ग्रेस नेता चौधरी र कर्माचार्य द्धारा गर्भवती महिलालाई राहत


महेश सिंह
सिरहा । चैत १० मंगलबार, गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरी र महिला संघकी केन्द्रिय सदस्य संगिता कार्माचार्य द्धारा २१ जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार खाद्यका सामग्रीहरु वितरण गरेका हुन ।

लहान नगरपालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको रोहवरमा सामग्री वितरण गरेका छन् ।सम्बन्धित वडाका महिला निर्वाचित जन प्रतिनिधि राम कुमारी दास लगायत समाजका सयौं ब्यक्तीहरु वितरण कार्यक्रममा सहभागीता रहेको थियोे ।
समाजसेबी चौधरी र संगिताको अनुसार अहिलेको बालबालिका भोलिको लागि हाम्रो देशको कर्णधार हुन् । गर्भ भित्र रहेको बच्चा अपाङ्ग कुपोशित नहोस भने उदेश्यले उक्त सामग्री वितरण गरेका छ । राहत पाउदै स्थानीय खुशी हुँदै सहयोगी हात चौधरी र कार्माचार्यलाई धन्यवाद दिएका थिए ।

लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर , मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । राहत सामग्रीमा चामल १० किलो दाल १ किलो,नुन १ पोका चना १ किलो, चिनी १ किलो र खाने तेल १ पोका वितरण गरेका छन् ।
उक्त सामाग्री एपोलो ॐ सेकेन्डी स्कुल लहानले सामाग्री उपलब्ध गराएका हुन । पछिल्लो समय उनले सोही वडामा ४ पल्ट राहत वितरण गरीसकेका छन् । स्थानीय सरकारलाई गरीब र असहाय जनता प्रति निर्दय नै भएको स्थानीय एक पीडितले गुनासो गरेका छन् ।























