देश

१६औं मैत्रीय धर्म महामैत्री दिवसको दोश्रो दिन ललितपुरको चुनिखेलमा भब्य सम्पन्न

नवलपुर टुडे
२०७७ चैत्र ९ | मध्यान्ह ०३:१२ बजे

काठमाण्डाै । महासम्बोधी धर्म संघले आइतबार चैत्र ८ देखि १२ गतेसम्म १६ औं मैत्री दिवस मनाउने क्रमकाे अाज दाेश्राे दिन चलिरहेकाे छ । १६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत बोधि श्रवण धर्म संघका भक्तजनहरूले यस पटक मैत्री दिवस आइतबार देखि भब्य रूपमा मनाइदै छ ।

IMG 20210322 151409 922

मैत्री दिवस चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि १२ गते सर्लाहीको पत्थरकोटमा महापूजाको समापन हुने बोधी श्रवण धर्म संघले नवलपुर टुडेलाई जानकारी दिनुभएको हो ।

IMG 20210322 151406 362

साेही अन्तर्गत आज ९ गते ललितपुरमा कार्यक्रम भएकाे थियाे । उक्त कार्यक्रमकाे मिडिया पार्टनर समेत रहेकाे नवलपुर टुडेले कार्यक्रमकाे प्रतयक्ष प्रसारण गरेकाे थियाे । बोधि श्रवण धर्म संघका गुरु दैवी शक्तिको प्रवेशपछि बाराको हलखोरिया जंगलमा गुप्त तपस्या लिनु भएका थिए । वहाँलाई ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म संघ गुरुका नामले चिनिनु हुने छ । उहाँका संसार भर भक्तजनहरू रहेका छन् र नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।

IMG 20210322 151403 413

गुरुका कारण जनजाति खास गरी तामाङ समुदायमा बढ्दो इसाइकरणमा बाधा उत्पन्न भएपछि केही वर्षयता उहाँका विरुद्ध विभिन्न स्तरका षड्यन्त्र हुँदै आएका छन् । नेपाल प्रहरी प्रशासनलाई समेत गुरु विरुद्ध प्रयोग गर्ने प्रयास पटक-पटक भएको बेलामा संचार माध्यममा सुन्न पर्ने दुखदाय हो । मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा गुरुप्रतिको आकर्षण बढ्दै गएको छ । अहिलेको अबस्थामा प्रशासन पनि तुलनात्मक रूपमा सकारात्मक बन्दै गएको कुरा उक्त कार्यक्रममा बाेधी धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले नवलपुर टुडेलाई बताउनु भयो ।

कमेन्टहरु