देश

नेपालका चार वटा राष्ट्रिय निकुञ्ज पर्सा, चितवन, बर्दिया र शुक्लाफाटामा गैडा गणना शुरु

नवलपुर टुडे
२०७७ चैत्र ९ | बिहान ११:१२ बजे

नवलपुर । विश्वमै दुर्लभ मानिएका एक सिँगे गैँडा गणना आजबाट शुरु भएको छ । देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम दिइएको छ । ३०० सयभन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोलीले सोमबारबाट फिल्डमा गएर गैँडा गणना गर्दैछ ।

३०० सय बढि मानविय जनशक्ति र ६० वटा हात्ती गणनामा खटिदै छन् चितवनमा मात्रै २०० सय बढि मानविय जनशक्ति र ४० वटा हात्तीको प्रयोग गरी डाइरेक्ट साइटिङ विधिबाट २२ भागमा विभाजन गरी गैँडाको गणना गर्दैछ । विश्वमानै सानो सख्यामा रहेको दुर्लभ र महत्वपूर्ण वन्य जन्तु गैँडा नेपालका चार वटा राष्ट्रिय निकुञ्ज पर्सा, चितवन, बर्दिया र शुक्लाफाटामा मात्रै पाइन्छ ।

ती मध्ये सवै भन्दा धेरै चितवनमा पाइन्छ । गैडा गणनामा आवश्यक पर्ने खाना, स्वास्थ्य, तथ्याक संकलन तथा टोली परिचालन आदिका लागि विभिन्न उपसमितिहरु बनाइएको छ । आजबाट गैडा गणना शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले नवलपुर टुडेलाई बताउनुभयो ।

कमेन्टहरु