देश

उदयपुरमा आगलागी, एक बालकको ज्यान गयो

नवलपुर टुडे
२०७७ चैत्र ९ | बिहान ११:१२ बजे

बेल्टार/चैत ९।उदयपुरकाे कटारीमा हिजो (आइतबार) साँझ ६ बजे भएको आगलागिमा एक बालकको ज्यान गएको छ ।

कटारी नगरपलिका वडा नं. १० पाल्सिङ बराल थुम्का स्थित प्रकास थापाको घर नजिक परालको कुन्यूबाट अचानक आगो सल्किन गई भएको आगलागीमा स्थानीय सुजन थापाको ३ वर्षीय छोरा अविन्द्र थापाको आगोमा जलेर निधन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आगलागीमा थापाको ढुंगामाटोले बनेको फुसको छानो भएको तीन तले घर, फुसकै छानो भएको २ वटा मतान, नगद १ लाख ५० हजार,

२ तोला सुन, १५ तोला चाँदी, अन्नपात, लत्ताकपडा, भाडावर्तन, बाख्राको २ वटा पाठा र भैसीको पाडोगरी अन्दाजी कूल २८ लाख बरावरको क्षति पुगेको प्रहरीले नवलपुर टुडेलाई जनाएको छ ।

त्यसैगरी छिमेकी सुजन थापाको पनि ढुंगामाटोले बनेको २ तले फुसको छानो भएको घर, मतान, बाख्राको खोर, नगद १ लाख ५० हजार, अन्नपात, लत्ताकपडा, भाडावर्तन, २ वटा बाख्राको पाठा गरी ३० लाखको क्षति पुगेको नवलपुर टुडेलाई फाेन मारफत जनाइएको छ ।

त्यसैगरी अर्का मेखबहादुर थापाको फुसको छानोको घर, लत्ताकपडा, भाडावर्तन, बाख्राको पाठा ३ वटा, कुखुराहरु गरी २५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई ३ घण्टा पश्चात प्रहरी स्थानीय मिलेर नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु