१६ औं मैत्रीय धर्मको महामैत्री दिवस, भोलि ललितपुरको चुनिखेलमा मनाईदै, १२ गते सर्लाहीमा महापुजा गरि समापन गरिने


काठमाण्डाै । महासम्बोधी धर्म संघले यही चैत्र ८ देखि १२ गतेसम्म १६ औं मैत्री दिवस मनाउने भएको छ ।
१६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत रामबहादुर बमजन गुरुका भक्तहरूले यस पटक मैत्री दिवस भब्य रूपमा मनाउने भएको छ ।
मैत्री दिवस चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि १२ गते सर्लाहीको पत्थरकोटमा महापूजा गर्दै समापन गर्ने, बोधी श्रवण धर्म संघले नवलपुर टुडेलाई जानकारी दिनुभएको छ । भोलि ९ गते ललितपुरको चुनिखेलमा हुने कार्यक्रमकाे प्रत्यक्ष प्रसारण नवलपुर टुडेबाट गर्ने छ भने, उक्त कार्यक्रमकाे मिडिया पार्टनर नवलपुर टुडे रहेकाे छ ।
किशोरवयका रामबहादुर वमजन दैवी शक्तिको प्रवेश पछि बाराको हलखोरिया जंगलमा गुप्त तपस्या लिनु भएका थिए । वहाँले ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म संघ गुरुका नामले चिनिनु हुने छ । उहाँका संसार भर भक्तजनहरू रहेका छन् र नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।
गुरुका कारण जनजाति खास गरी तामाङ समुदायमा बढ्दो इसाइकरणमा बाधा उत्पन्न भएपछि केही वर्षयता उहाँका विरुद्ध विभिन्न स्तरका षड्यन्त्र हुँदै आएका छन् । नेपाल प्रहरी प्रशासनलाई समेत गुरु विरुद्ध प्रयोग गर्ने प्रयास पटक-पटक भएको बेला बेलामा संचार माध्यममा सुन्न पर्ने दुखदाय हो ।
पछिल्लो समयमा मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा गुरुप्रतिको आकर्षण बढ्दै गएको छ र, प्रशासन पनि तुलनात्मक रूपमा सकारात्मक बन्दै गएको छ ।























