कावासोतीस्थित मध्यबिन्दु क्याम्पसका विद्यार्थी आन्दोलित, लकडाउनको अबधिमा कलेजले लिएको शुल्क फिर्ता गर्नुपर्ने माग


नवलपुर । पुर्बी नवलपरासीको कावासोती नगरपालिकास्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै कलेजमा टायर बालेर नाराबाजी गरि आन्दोलन गरेका छन् ।
बिद्यार्थीहरुले आइतबार बिहानैदेखि कलेजमा नाराबाजी गरेर पठनपाठन ठप्प पारेका थिए । प्लस टु कल्याण मञ्चले विद्यार्थीबाट कलेज प्रशासनले लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, शैक्षिक माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए । विद्यार्थीहरुको नारा र आन्दोलनले केही समय कलेजनै रणभुमी बनेका थिए ।
मध्यबिन्दु क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासन बीच वार्ता सुरु भएको जानकारी दिए । उक्त कलेज नवलपुर जिल्लाको मात्र नभएर देशकै उत्कृष्ट र धेरै विद्यार्थी भएको चर्चित कलेजको रुपमा चिरपरिचित छ । हाल प्लस टुमा मात्रै चौध सयभन्दा बढि विद्यार्थी अध्यानरत छ्न ।























