चर्चित गायिका रुपी सिंजाली मगरको मनछुने गित ‘आमा तिम्रो फाँटेको चोली’ बजारमा ( भिडियोसहित )


काठमाडौ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कतिले गर्दैछन । यसै सन्दर्भमा हजारौं लोक गित बजारमा धेरै सर्जक र कलाकारले दर्शक स्रोतामा पठाएका छन, र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीत पनि बजारमा आईरहेका छन् तर बढि जसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
पछिल्लो समय कोरस गायिकाको रुपमा ब्यस्त रुपि सिंजाली मगरले दर्जनौं गीत बजारमा ल्याई स्थापित गायिकाको रुपमा आफुलाई दर्शक श्रोता माझ चिनाई सकेका छन । समय क्रममा चर्चामा रहेका सुमधुर स्वरका धनि चर्चित लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाँटेको चोली बजारमा सार्बजनिक भएको छ ।
गितको सारंश तिर्खा लाग्दो होला आमा थकाई लाग्दो होला, बुढेस कालको शरीरले आराम माग्दो होला आमा तिम्रो फाँटेको चोली कति हेरु नबोली नबोली तिर्न पाइन दुधको भारा बन्न पाइन बुढेस कालको साहारा यो गितले अहिले बजार तताईरहेका छन । निकै मार्मिक शब्दले सजिएको गीत आफ्नो आमा संग टाढा भएर बस्नु पर्दाको पिडा गीतमा समेटिएको छ ।
तिर्खा लाग्दा आमालाई पानी दिने मान्छे नहुदा थकाई लाग्दा आमालाई पालो दिने मान्छे नहुदा भएको एउटी छोरी आफूलाई जन्म दिने आमा संग छुटेर बस्नु पर्ने र बुढेस कालमा आमाको सहारा हुन नपाउनु पिडा गीत हरेक शब्दले बताएको छ । मार्मिक शब्दलाई अझै प्रत्येक मेला महोत्सवको स्टेजमा दर्शकलाई नचाई सकेका लोकप्रिय गायिका रूपी सिंजाली मगरको आवाजले झनै मार्मिक गराएको छ ।
गीतमा सागर बिराहीले संगीत शब्द र एरेञ्ज गरेका छन । गीतको भिडियिमा सुजता बस्याल, रश्मी भट्ट, कुलदिप अधिकारी लगायतको निकै मन छुने अभिनय देखिन्छ । भिडियोलाई निर्देशन र सम्पादन रमेश रसाइलीले गरेका छन भने छायांकन बिजय लामाले गरेका छन ।
गायिका रुपि सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाँटेको चोलीलाई नवलपुर टुडे परिवारबाट सफलताको धेरै धेरै शुभकामना सहित भिडियो हेर्नुहोस् ।























