शिक्षा

महेन्द्र माध्यमिक बिद्यालयका व्यवस्थापन समितिको अध्यक्षमा अनोज यादव चयन

नवलपुर टुडे
२०७९ पुस २० | मध्यान्ह ०८:०९ बजे

अरमान अन्सारी 

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालयकाे नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अनोज यादवलाई चयन गरिएको छ ।

मंगलबार विद्यालयले अभिभावक भेलाको आयोजन गरी नयाँ विद्यालय व्यवस्थापन समितीमा अनोज यादवलाई चयन गरेको हो । उक्त बिद्यालयमा नयाँ व्यवस्थापन समितिमा अनाेज यादवको अध्यक्षतामा ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले नवलपुर टुडेका प्रतिनिधिलाई जानकारी दिएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार, बुधिया देवी चाैधरी, लालचन पासी, कलावति देबी हरिजन, गाैतम कहार, पदेन सदस्य वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिदेव दास पटेल, शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादवले बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै, शैक्षिक बिकास आजकाे आबश्यक्ता रहेकाेले विद्यालयलाई नमुना बनाउने याेजनासहित अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको छ ।

कमेन्टहरु