मनोरन्जन

गीतकार खान र मोडेल गुप्ताको हिन्दी भोजपूरी मिक्स गीत “रसिलि है मेरा नाम” सार्वजनिक (भिडियो सहित)

नवलपुर टुडे
२०७९ पुस २० | बिहान ११:०९ बजे

सिराहा । गीतकार समिर खान र मोडल बिक्रम गुप्ताको हिन्दी भोजपूरी मिक्स गीत “रसिलि है मेरा नाम” सार्वजनिक भएको छ । CINE DWAR युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा बिक्रम गुप्ता, लक्ष्मी खत्री, राजू यादव, इम्तियाज सिद्दिकी, राजाबाबू ठाकुर,महेश साह केशव साह, सोमित कर्णको अभिनय देख्न सकिन्छ ।

भोजपुरी, नेपाली, मैथिली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा भोजपुरी हिन्दी इन्डस्ट्रीजको गायिका पूजा श्रीवास्तव र मिथिलाका चर्चित गायक रहमान खानको स्वर, गज्जू गजेंद्रको संगीत र एरेन्ज तथा धर्मेंद्र शर्माको मिक्सिङ रहेको छ ।

झण्डै एक दशकदेखि निर्देशन गर्दै आएका निर्देशक संतोष सरकारले अहिलेका माया डांस रोमांस कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् ।

कोशी टापूका रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा धीरेन साहको छायाँकन रहेको छ । म्युजिक भिडियोमा सम्पादन पवन कुमार सहनीको रहेको छ । रोहित विडियो फिल्म्सको ब्यानरमा भिडियो निर्माण भएको गीतकार समिर खानले बताएका छन ।

कमेन्टहरु