शिक्षा

देशभर जाडो बढेसंगै धनुषाका विद्यालय धमाधम बन्द

नवलपुर टुडे
२०७९ पुस २० | बिहान ०८:०९ बजे

जनकपुरधाम । तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरुमा बिदा दिन थालेको छ । धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

यस्तै सबैला नगरपालिकाले आजदेखि पुस २३ गतेसम्मको लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

कमेन्टहरु