देश-विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै


चन्द्रौटा । मधेस प्रदेशको बारा जिल्लामा जन्मेकी प्रिती पासवानको पछिल्लो समय निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकी हुन।
प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन्
म दलित परिवारमा जन्मिएकी हुँ । मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु परेको थियो । शुरुवाती समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो । त्यस बखत बुवाले थिएटरमा नाच्ने गर्नुहुन्थ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुन्थ्यो।
पासवानको शुरुवातको अवस्था…..
प्रिती आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा-साना कार्यक्रमको स्टेजमा गएर नाच्ने गर्थिन्। उनी भन्छिन् शुरूको ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ की घरमा चाडपर्व मनाउन समय पाईदैन।
शुरुमा आफै तिरेर कार्यक्रममा सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकी छु। जुन नेपालमा लाखौं रुपैयाँ लिएर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकी छु । सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा-बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकी छु ।























