अनियमितताको बारेमा कुरो गर्नेलाई घरमा गइ कानमा गोलि ठोक्ने: लेखा सचितानन्द साह


लहान । सिरहाको गोलबजार नगरपालिकामा अनियमितता मौलाएको बेला अनियमितताको बारेमा कुरो गर्नेलाई घरमा पुगि कानमा गोलि ठोक्ने गोलबजार नगरपालिकाको लेखा सचितानन्द साहले एक पत्रकारलाई धम्की गरेका छन ।
विभिन्न शिर्षकमा आर्थिक हिनामिनाको सुचना सम्बन्धी बिषयलाई लिएर अधिकृत सँग फोन संबाद गरि कार्यालयमा बोलाएको सरोकारवालाहरुले नै गोलि थाम्ने आँट राख्नु परेपछि सामान्य सेवाग्राहीको के हालत होला भने चिन्ताको बिषय सृजना भएको जनाएका छ ।
सुचना माँग गर्न पत्रकार पुग्न बितिकै त्यहाबाट हाकिम बाहिर निस्किने र लेखा सचितानन्द साहले हाकिमको कार्यालयमा नै अनियमितताको कुरो गर्ने जो सुकैलाई गोलि ठोक्ने भनेपछि सोही ठाउँमा बसेको एक का स छक्क परे । र लेखालाई कार्यालयमा कर्मचारी भएर यसरी नबोल्दिनुस सर भनेर भने। हामी सबै समन्वय गरेर अगाडी बढ्नु पर्ने लेखा सचितानन्द साहलाई सम्झाए ।






















