देश

बुढानिलकण्ठ स्कुलकाे प्रशंसनीय काम

जगत ठाडा मगर
२०७७ चैत्र ४ | मध्यान्ह ०६:१२ बजे

नेपालकै अब्बल बिद्यालय बुढानिलकण्ठ स्कुल राजा महेन्द्रको चाहना अनुसार बेलायती सहयोग र ब्यबस्थापनमा सुरु भएको थियो l यसले २०२८सालमा पुर्णता पाएको थियो जुन बर्ष राजा महेन्द्रको चितवनमा मृत्यु भएको थियो l

सुरुमा राजा र राजपरिवारको सदस्यका छोराहरुलाई मात्र पढ्न पाउथ्यो l दिपेन्द्र, पारस, निराजन त्यही स्कुलमा पढेका हुन् l पछि सर्बसाधारणको लागि पनि खुला गरियो l यो स्कुलमा अब्बल विद्यार्थीलाई मात्र भर्ना लिइन्छ चाहे त्यो धनी होस् कि गरीव l बार्षिक ४०जनाको लागि सबै जिल्लाबाट पिछडिएका वर्गका अब्बल विद्यार्थीहरुलाई छनौट गरेर ल्याइन्छ l

यो स्कुलको अर्को राम्रो पक्ष भनेको जातपातको भेदभाव नहुनु हो l यहाँ आएपछि फ़ाराम भर्ने बेलामा मात्र पुरा नाम लेखिन्छ त्यसपछि कसको पछाडीको थर के हो कसैलाई पनि भनिदैन, सोधिदैन l विद्यार्थीहरुलाई आफ़्नो पहिलो नाम मात्र भन्न लगाइन्छ ता कि जातको आधारमा ब्यबहार नहोस् l ब्रिटिसहरुले राम्रो कुरा स्थापना गरेर गए l सन १९९४ मा यसको ब्यबस्थापन नेपालको गुठीलाई नै हस्तान्तरण गरे तापनि यहाँ थर अहिलेसम्म पनि भन्न पाइदैन l नेपालमा सतीप्रथा हटाउनलाई पनि जंगबहादुर र त्यसपछिका राणा शासकहरुलाई ब्रिटिसहरुले नै दबाब दिएका थिए l तर जातपातको भेदभावको कुरा अहिलेसम्म हट्न सकेको छैन l

बुढानिलकण्ठजस्तै स्कुल हरेक ७५३ओटै पालिकाहरुमा स्थापना गरेर त्यस्तै गुणस्तरको शिक्षा प्रदान गर्ने हो भने अबको १० बर्षभित्र जातिय बेदभाव लगभग हटिसक्नेछ l शिक्षा तव सार्थक हुन्छ जब यसले विसंगती र विकृतिहरुलाई हटाउछ l तर उल्टै गुरुकुल र संस्कृत पाठशालाहरु बनाएर भेदभावको संस्कृतिलाई निरंतरता दिइएको छ l असल कुरालाई बिदेशी र स्वदेशी भनेर छुट्याउनु हुँदैन l स्वदेशमै भएका विकृतिहरुलाई निरंतरता दिइनु पनि राष्ट्रवादी कुरा होइन l

अहिले देशले रिभर्स गियर लगाउन लागेको हो कि भन्ने भान हुन्छ l प्रधानमंत्री के पी ओली यस्तै जातिबादि पण्डाहरुको घेराबंदीमा छ्न् l उच्चा जातिय संस्कृतिलाई फ़ेरि लाद्न खोजिएको देखिन्छ l तर अब त्यो अबस्था रहेन l यदि त्यस्तो गरियो भने र सर्वअस्तित्ववादलाई स्विकारिएन भने समयले त्यस्तो नियत भएकाहरुकाई दण्डित गर्नेछ l

लेखक : मुरारी पाण्डे “सचेत नेपाली पार्टी नेपाल” काे केन्द्रीय सदस्य हुन्

कमेन्टहरु