देश

समाजिक बिकास मन्त्रालयले लहान अस्पताल पठाएको एम्बुलेन्स दुई महिना पुग्दा पनि संचालनमा आएन

जगत ठाडा मगर
२०७७ चैत्र ४ | मध्यान्ह ०५:१२ बजे

महेश सिंह
सिरहा । चैत ४ बुधबार, सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा नआएपछि स्थानीय सेवा ग्राहीलाई सास्ती खेप्नु परेको छ । समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र सब बहान राम कुमार उमा प्रसाद स्मार्क अस्पताल लहान लाई पठाएका थिए ।

स्थानीय सेवा ग्राहीलाई सहजै सेवा प्रदान होस भन्ने हेतुले मन्त्रालयले अस्पताललाई एम्बुलेन्स र सब बहान दिएका थिए । करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेका छन् । अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहा कार्यरत रहदा एम्बुलेन्स र सब बहानको प्रक्रिया अगाडि बढाई मन्त्रालय संग एम्बुलेन्स र सब बहान माग गरेका थिए ।

मेसु कुशवाहाले मागको प्रक्रिया अगाडि बढाको केहि महिना लगत्तै डाक्टर कुशवाहालाई कलैया अस्पतालमा सरुवा भएको थियोे । सरुवा भएको एक महिना नबित्दै मन्त्रालयले एम्बुलेन्स र सब बहान पठाएका हो । डाक्टर कुशवाहाको सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मण्डल कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए ।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभावकारी सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्नति राम्रो ब्यबस्थापनको लागी पठाएका छन् तर उल्टो भएको स्थानीयको आरोप रहेको छ । बिकास हुनु पहिला भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अबस्थामा पुगेका छन् ।

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पतालबाट सेवा सुबिधा मात्र लिने गरेको काम केहि नगरेको स्थानियको आरोप छ । अस्पताल ब्यबस्थापनमा केहि चासो नराखेको समेत आरोप छ ।एम्बुलेन्स र सब बहान संचालन नहुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।अस्पतालको लापरबाहीले नर्मल बिरामीहरुलाई लहानका अधिकांश निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्य कर्मीले बताए ।

अहिले अस्पतालको अबस्था निकै खस्किएको छ । स्वास्थ सेवा जस्तो संबेदनसिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलाप हुदा स्थानीयहरुको मन खिन्न हुने गरेको छ । यता मेसु डाक्टर बिरेन्द्र कुमार मण्डलका अनुसार एम्बुलेन्स र सब बहान मन्त्रालयले पठाईयो तर गाडीको केहि काम बाकी रहेकोले गाडीलाई ग्यारेजमा पठाएको नवलपुर टुडेलाई बताए । अस्पतालमा केहि कर्माचारी पद पुर्ति र एम्बुलेन्स र सब बहान चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको र छिटै पदपुर्ती गरि एम्बुलेन्स र सब बहान संचालनमा ल्याउने बताए ।

कमेन्टहरु