पूर्व मन्त्रि जाेशीकाे नर्भिक अस्पतालमा निधन


चैत ४,काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जाेशीकाे निधन भएकाे छ ।
गत फागुन १४ गतेदेखि मष्तिष्कघातकाे कारण नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत जाेशीकाे निधन भएको अस्पताल स्राेतले जनाएको छ ।
जाेशीको ५७ वर्षको उमेरमा हिजाे मंगलबार निधन भएको हो ।
अस्पतालले उहाँकाे परिवारलाई यसबारे हिजै जानकारी गराइसकेकाे बुझिएकाे छ।
वि.सं. २०२० साल पुस २४ गते जन्मिनुभएका स्वर्गीय जाेशीका श्रीमती र एक छाेरी छन् ।
गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जाेशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनुभएकाे थियाे ।
२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएकाे थियाे ।
उहाँ प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बन्नुभएकाे थियाे ।
स्वर्गीय जाेशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्याे ।























