नेपाल मानवअधिकार तथा शान्ति समाजको कार्यक्रम लहानमा सम्पन्न


महेश सिंह
सिरहा । चैत ४ मंगलबार, सिरहाको लहानमा नेपाल मानवअधिकार तथा शान्ति समाजको कार्यक्रम सम्पन्न भएको छ । सिरहा शाखाको अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
लहानमा बमबिस्पोटको घोर निन्दा गर्दै दोसि उपर कडा कार्बाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए । म्यानमारमा जारी हिंसा बन्द गर ,आतंकबादी गतिविधि गर्ने लाई यथासिघ्र कारबाही गर , बम बिस्पोट गराउने लाई उन्मुक्ति पाउनु हुदैन भने मुल नाराको साथ प्लेकार्ड सहित लहानमा प्रदर्शन गरेका छन् ।

सबैले जिउने अधिकार सुनिश्चित गर मानवअधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै प्रदर्शन गरेका थिए । सहिद चौकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न गरेका थिए ।
सबै मानिसमा शान्तिको अनुभुति होस सबैको बाच्ने अधिकार हो । मानवअधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकारकर्मीहरुको सहभागिता रहेको थियोे ।























