सिरहामा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीको पढाई मारमा


सिरह, मंसिर २७ । शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा परेको छ । सिरहाको गोलबजार नगरपालिका – ८ चोहर्वामा रहेको श्री जनता नमुना माध्यमिक बिद्यालयमा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीहरु मारमा परेका छन ।
शिक्षकहरु कक्षा-कोठामा नामको लागि मात्र आउने र जाने गरेको कक्षा १० मा अध्यनरत रहेका एक बिद्यार्थीले गुनासो गरेका छन । उनले भने, शिक्षकहरु कक्षा-कोठामा महिनामा आधि महिना मात्र आएर पढाउने गरेका छन।
विद्यार्थीले भने ,नामको लागि मात्र नमुना स्कुल रहेको छ, काम र पढाइ नमुना छैन। शिक्षकहरु कहिले पनि कक्षा-कोठामा समयमा आउदैन । कक्षा-कोठामा आएपनि नामको लागि मात्र आउने गरेको बताए।
आज दुइदिन देखि आफुहरुको पहिलो र दोस्रो घण्टीको कक्षा बन्द रहेको छ। प्र•अ लाई गुनासो गर्दा खोइ सर कता जानु भाको छ, कुनै पनि किसिमको जानकारी नगरेको बताउछन । परिक्षा नजिक आएसकेको छ, हामी पदेनौ भने परिक्षामा के लेख्नु । पटक-पटक गुनासो गर्दा पनि स्कुलका प्रिन्सिपलले कुनै वास्ता नगरेको बिद्यार्थीहरुको आरोप छ।
स्कुलमा कम्प्युटर ल्याबको ब्यबस्था छ कि छैन प्रश्न गर्दा, ल्याब त् छ तर कता छ भन्ने कुरा जानकारी नभएको बताए। आफुहरु एकदिन पनि कम्प्युटर ल्याब तिर नगएको बताए । प्र•अ लाई गुनासो गर्नु भयो कि भएन प्रश्न गर्दा ,प्र•अ लाई आफुहरु डरले भन्न नसकेको बिद्यार्थीहरु बताउछन।
श्री जनता नमुना माध्यमिक विधालयका प्र•अ -ब्रहमदेब सिंह संग कुरा-कानी गर्दा, होइन शिक्षकहरु कक्षा-कोठामा समयमै जाने र समयमै आउने गरेको दावी गरे । उनले भने, महिनामा शिक्षकहरु स्कुल आउदा समयमै कक्षा-कोठामा जाने गरेको प्र•अ सिंहको दावी छ। प्र•अ सिंह भन्छन, महिनामा कहिले काहीँ शिक्षकहरुको व्यक्तिगत काममा कक्षा छुटेको हुन सक्ने स्वीकार गरे ।
शिक्षकहरु समयमा स्कुल नआउदा केहि दिन अघि केहि स्थानीयहरुले शिक्षकहरुलाई स्कुल गेटमै रोकेर, तपाइँको स्कुल आउने समय कति बजे हो भन्ने बिषयमा गेट बाहिर नै शिक्षकहरुलाई रोकेको बिद्यार्थीहरुको भनाइ छ ।























