शिक्षा

मालिकार्जुन बिद्यालय मिलमिलीमा विद्यार्थी आन्दोलन थप उग्र, ताला फुटाएको र विद्यार्थी माथि हातपात भएको भन्दै विद्यार्थी सडकमा

नवलपुर टुडे
२०७९ मंसिर २६ | मध्यान्ह ०७:०८ बजे

एम धामी
दार्चुला, मंसिर २६ । दार्चुलाको मालिकार्जुनमा माध्यमिक विद्यालय मिलमिलीमा विद्यार्थी आन्दोलन थप उग्र भएको छ । विद्यालयमा विषगत शिक्षकको माग राख्दै आईतबार विद्यार्थीहरुले विद्यालयमा तालान्दी गरेका थिए ।

कक्षा ९ र १० का विद्यार्थीले लगाएको ताला सोही विद्यालयमा कक्षा ११ ⁄१२ मा अध्यनरत विद्यार्थीले फुटाएपछि थप विवाद भएको हो । विद्यार्थीले राखेका मागको बारेमा कुनै सुनुवाई नै नगरी विद्यार्थीहरुलाई नै प्रयोग गरेर टाला टुटाएपछि विवाद झन चुलिएको हो ।

विद्यार्थीहरुले विद्यालयमा विषयगत शिक्षकको माग राख्दै तालाबन्दी गरेको र विद्यार्थीहरु वीच नै गुटबन्दी सिर्जना गरि आइतबार लगाईएको ताला टोड्न लगाइएको कक्षा १० मा अध्यनरत विद्यार्थी रन्जना धामीले जानकारी दिनुभयो । आइतबार लगाइएको ताला फुटाएको र कक्षा ९ र १० का विद्यार्थीमाथि हातपात भएपछि विहान विद्यार्थीहरु शैल्यशिखर नगरपालिका वडा नम्बर- ६ पनेबाँजमा सडकमै उत्रिएका थिए ।

आफुहरुले जायज माग राख्दा पनि समस्या समाधानको साटो उल्टै विद्यार्थीमाथि हातपात भएपछि सडकमा आउनु परेको कक्षा १० मा अध्यनरत विद्यार्थी सन्तोष धामीले बताउनुभयो । आफुहरुमाथि हातपात भएपछि मालिकार्जुन प्रहरी चौकीमासमेत निवेदन दिएको उहाँले बताउनुभयो ।

अहिले प्रहरी, शिक्षक र विद्यार्थीवीच छलफल भइरहेको छ । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष जनार्जन विष्टले आफु काम विषेशले बाहिर रहेको र विवाद समाधान गरेर विद्यालय सञ्चालनको लागी प्रयास गरिरहेको बताउनुभयो । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा गत ८ महिना देखि ४ जना शिक्षकको दरबन्दी खाली रहेको छ ।

बार्षिक परिक्षा नजिकै आउदासमेत शिक्षक तथा पाठ्यपुस्तकसमेत उपलब्ध नभए पछि आफुहरु बाध्य भएर सडकमा आउनु परेको विद्यार्थीहरुले गुनासो गरेका छन ।

कमेन्टहरु