परासीका ग्लोरिएस इङलिस बोर्डिङ स्कुलका विद्यार्थी प्रहरी कार्यालयकाे अवलोकन कार्यक्रममा सहभागी


रामजि प्रजापती
परासी । पश्चिम नवलपरासीको रामग्राममा अवस्थित ग्लोरिएस इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको अवलोकन गराइएको छ ।
बिद्यार्थीहरुलाई किताबमा लेखिएको पाठ र लेखहरुको अध्यानले मात्र ज्ञान नपुग्ने र सक्षम बनाउन सकिँदैन । त्यसको आलब फिल्डमा प्राक्टिकल अध्ययन गराउदा बिद्यार्थीहरुको भटक (दिमाग) खुल्ने र राम्रो नराम्रोमा फरक छुट्याउन सकिने सक्षम सिर्जना गर्ने उदेश्यले स्कुलका प्रधानाध्यापक घुरहु यादवले प्रहरी साझेदारी, स्कुल सम्पर्क कार्यक्रममा सहभागी गराउनु भएको हो ।
“समुदाय- प्रहरी साझेदारी” स्कुल सम्पर्क कार्यक्रम अन्तर्गत शुक्रबार रामग्राम नगरपालिका – ४ मा अवस्थित ग्लोरिएल इङलिस स्कूलका कक्षा १० मा अध्ययनरत छात्र, छात्राहरुलाई प्रहरी कार्यालयका विभिन्न शाखाहरुकाे अवलाेकन गराई प्रहरीद्वारा विद्यार्थीहरुलाई शिक्षा, सुरक्षा, हिंसा र अपराध सम्बन्धी जनचेतना मुलक कक्षा दिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारीले जानकारी दिएको छ ।























