देश

समाजसेबी जोडी बिनोद र प्रतीक्षाद्धारा लाखौं मुल्य बराबरको सामाग्री स्कुल बालबालिका हस्तान्तरण

जगत ठाडा मगर
२०७७ चैत्र २ | बिहान ११:१२ बजे

महेश सिंह
सिरहा लहान । चैत २ सोमबार, सिरहाको धनगढी माई नगरपालिका १ बाखरको एक मनकारी श्रीमान र श्रीमतीले स्थानीय जनता आधारभुत बिधालयमा करिब लाखौं मुल्य बराबरको सामाग्रीहरु सहयोग गरेका छन ।

आफु सुरुवाती शिक्षा तेहि स्कुलबाट अध्यन गरी हाल सि. ए. सम्म अध्यन गर्न सफल भएको छु भन्दै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खसकिएको अबस्था हेर्दा आफु दुखी भएको छु । बुवा बालदेब महतोको मृत्युको सम्झना गरेर स्कुल बालबालिकाहरुको खेलकुदका सामग्री र दराज किताब लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेका छन् । २०४९ सालमा स्थापना भएको स्कुलको अहिले बेथिति नै रहेको उनले दु:ख व्यक्त गरेका छ्न ।

photo 2021 03 15 11 55 26

स्कुलमा राजनीतिको अडा जमाएर बसेका अभिवाकहरुलाई समाज सेबि बिनोद राज सिंह र श्रीमती प्रतीक्षा श्रेष्ठले आग्रह गरेका थिए । स्थानीय अभिभावक जवाहर पासमान को अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख अतिथिमा धनगढीमाई नगर पालिका का वडा नम्बर १ का अध्यक्ष सुर्य नारायण महतोका अनुसार स्कुलमा बाहिरको ब्यक्ती होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अडा बनाएको अध्यक्ष महतोले बताए ।

आफुले स्कुल सुधार्दा दिक्क भई सकेको छु यो स्कुलमा खास गरेर दलितको बालबालिकाहरु पठन पाठन गर्ने गरेको छ उक्त ठाँउ भनेको गरीबले भरीएको ठाँउहो भन्दै बिधालयलाई सुधारने कुनै एक ब्यक्ती बस्को कुरा होईन समाजका सबै जनाले आ – आफनो ठाँउबाट जिम्मेवारी निर्वाह गर्‍यो भने मात्र बिधालयको सुधार हुने उनले बताउनु भयो ।

बिशिस्ट अतिथि स्कुलका प्रधान अध्यापक बिनोद कुमार साहले भने बिधालय भनेको शिक्षक र बिद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरी सकेको स्वीकार गरेका हुन । बिकास भने जति भए पनि थोरै नै हुन्छ बताए उक्त स्कुलबाट पढेका विद्यार्थीहरु सि.ए. इन्जिनियर र सरकारी सेवामा कार्यरत रहदा खुशी व्यक्त गरेका थिए ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयोगी तथा समाजसेबी प्रतिक्षा श्रेष्ठका अनुसार हामी श्रीमान र श्रीमतीले सहयोग गरेका सामाग्रीले विद्यार्थी भाई बहिनीहरुले आफनो बेस बनाउन सफल होस र उच्च शिक्षा सम्म अध्यन गरोस भने वहाँले शुभकामना दिएका थिए ।

photo 2021 03 15 11 55 16

मनकारी युवा बिनोद राज सिंहका अनुसार बिधालयलाई बिशुद्ध शिक्षाको लागि अगाडि बढाउन र नमुना स्कुलको रुपमा सुधार ल्याउन र राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । आफुले सहयोग गरेका सर सम्मानहरु स्कुल भित्रै हुनु पर्ने बताउनु भयो ।

अतिथिहरुमा बलान बिहुल गाउँपालिकामा सहाय लेखा पालमा कार्यरत रहेका सोहि स्कुलका पुर्व विद्यार्थी सुभाष कर्णे स्कुलमा बिशुद्ध शिक्षा हुनुपर्छ जोड दिएका थिए । नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह र फुलवारी सन्देश अन्लाईनका सम्भु चौधरीको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

हाल उक्त स्कुल कक्षा ७ सम्म संचालनमा रहेका छन् भने १३५ विद्यार्थी अध्यनरत रहेका छन । ३ जना थाई र १ जना अस्थाई शिक्षक गरी २ जना बाल बिकासका शिक्षिका रहेको प्रधान अध्यापक साहले जानकारी दिनु भयो । यस्ता समाजसेबी र सहयोगी युवाको हाम्रो समाज खाचो रहेको छ । सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका थिए ।

कमेन्टहरु