सिरहामा मन्त्री मंण्डलको भेट्घाट सम्पन्न


महेश सिंह
सिरहा लहान २८ फल्गुण – सिरहाको लहानमा वन तथा वातावरण राज्य मन्त्री सुरेश मंण्डलको कार्यकता भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । मंन्त्री मंण्डलका अनुसार कर्याकर्ताहरुलाई सचेत गर्दै पार्टी केन्द्रमा समायोजन भए पस्चात स्थानीय तहमा समायोजन गरि जिल्ला समायोजनमा जाने बताउनु भयो ।

केन्द्रमा पनि पार्टी भित्र खिचातानी रहेको बताउनु भयो । देशको समसामयिक घटना र विषय बस्तुमा चर्चा गरेका थिए । र बिकास निर्माणका काममा सिरहाको लहान सहिद चौक र पोकरीया गडमा बिकासको काम अगाडि बढाएको बताए ।
पार्टीका निर्वाचित रेशम चौधरीलाई जेलबाट रिहा गरेन भने पार्टी धोस्त हुने संभावना रहेको बताउनु भयो । नेता चौधरीलाई रिहा गर्न पार्टीको बाध्यता रहेको मंन्त्री मंण्डलले बताए । सिरहाको लहान नगरपालिका ७ स्थिति अबस्थित रहेको मदर ल्याण्ड स्कुलमा सिरहाको सम्बन्धित पार्टीका कार्यकर्ताहरुको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । मंन्त्री मंण्डललाई सिरहामा भब्य स्वागत भएको पार्टीका केन्द्रिय सदस्य राकेश झाले बताए ।

अतिथिहरुमा मोहम्मद आलम , भरत साह , शत्रुधन मंण्डल, राम प्रकाश महतो, दिपेन्द्र यादव ,मोहम्मद गुलाब राईन, राम प्रवेश कामति भने सदाम, नेपाल पोस्ट पोस्ट दैनिक का पत्रकार महेश सिंह हर्शित नेपाल पत्रीका को समपादक बिरेन्द्र प्रसाद नेपाल, फुलवारी सनदेश अन्लाईन तथा मकालु टेलीभिजन का सिरहा सम्बादाता शम्भु चौधरी, जनकपुर टुडे पत्रीका र हिमाल टाइम्स दैनिक का सिरहा सम्बादाता रोहित मंण्डल लगायतका पत्रकारहरुको सहभगिता रहेको थियोे ।























