सामुदायिक अंकपत्रको आधारमा समिक्षात्मक अन्तर संवाद कार्यक्रम सम्पन्न


प्रभु नाथ गुप्ता
कपिलवस्तु । फागुन २८ शुक्रवार, जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिकामा सामुदायिक अंकपत्रको आधारमा समिक्षात्मक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । युके ए आइ डी को आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुको सहज परियोजना अन्तरगत शुद्धोधन गाउँपालिका क्षेत्रमा सञ्चालन भएका हाल सम्मका काम तथा क्रियाकलापको सामुदायिक अंकपत्रको आधारमा समिक्षा गरिएको थियो ।

शुद्धोधन गाउँपालिका सामाजिक विकास संयोजक वडा अध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा शुद्धोधन क्षेत्रमा पछिल्लो समयमा विभिन्न कार्यक्रमहरुको आयोजना तथा सरोकारवालाहरुको चासोका कारण केहि न्याय र निरुपण सम्वन्धि कार्यहरु के कति भए तथा पछिल्लो समयमा मधेश मानब अधिकार मन्च माहुरी होमको आयोजनामा विभिन्न कार्यक्रम भैरहेको अवस्थामा आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने वारेमा समेत समिक्षा गरिएको छ ।

सहज परियोजनाको तर्फवाट रिखिराम निगमले सहजिकरण गर्नुभएको कार्यक्रममा शुद्धोधन गाउँपालिकामा सेवा प्रदायक र सेवा ग्राही विचको कार्यक्रमले एक प्रकारको अंक तालिका तथा सामुदायिक अंक पत्र निर्माण गरि काम गर्ने र न्यायीक समिति, प्रहरी, मेलमिलापकर्ता, स्थानिय नागरिक, संघसंस्थाका प्रतिनिधि, युवा, लक्षित वर्गको संयुक्त उपस्थीतिमा कार्ययोजना अनुसार क्रियाकलाप सन्चालन गर्ने वारेमा छलफल गरिएको हो ।

आगामी दिनमा संयुक्त रुपमा निर्माण गरिएको अंक पत्रको वारेमा गाउँपालिका, प्रदेश र केन्द्रिय स्तरमा जानकारी सहित योजना प्रस्तुत गर्दै कार्ययोजना कार्यान्वयनमा ल्याउन अन्य निकायको पनि सहयोग जुटाउनु आबश्यक रहेको र सामुदायिक अंक पत्र निर्माण क्रममा उठेका विषयलाई कार्यान्वयनको पाटोमा लैजान सबैपक्ष लाग्नु र जिम्मेवार बनाउनु आबश्यक रहेको छलफल कार्यक्रममा निष्कर्ष निकालिएको माहुरी होमका सामाजिक परिचालक रबिन्द्र पासीले जानकारी दिनु भएको छ ।
























