देश

प्रदेशहरु खारेज गरि १० जना मन्त्रि र १०० जना संसद बनाऔं- अधिबक्ता बालकृष्ण न्याैपाने

नवलपुर टुडे
२०७७ फाल्गुन २९ | बिहान ०७:११ बजे

फागुन २८, काठमाण्डाै।
नेपाललाई आर्थिक संकटबाट जोगाउनका लागि प्रदेशहरु खारेज गरी, १०० जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं,
विश्वव्यापी महामारीको रुप लिएको covid-19का कारण नेपाल पनि ठूलो आर्थिक संकटमा पर्न सक्ने देखिन्छ ।
नेपालका लागि नेपाली अभियानका एक अभियान्ता समेत रहेका बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज गरि १०० जनाको संसद र १० सदस्यीय मन्त्रि मण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् ।

नवलपुर टुडे सग बोल्दै उनले covid का कारणले अहिलेको राजनीतिक व्यवस्था र संविधानलाई संकटमा पारेको, अहिलेको संरचना आर्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
न्यौपानेले अब वैदेशिक रोजगारीबाट विप्रेषण आयमा पनि कमी हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रिमण्डल र १०० जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका हुन् । त्यसो नगर्ने हो भने हात्तिलाई बोकाको दाना जस्तो हुने उनको तर्क रहेको छ ।

न्यौपानेले बोकालाई दिने दाताले हात्तिलाई नपुग्ने बताउँदै संविधानसभा निर्वाचन गराउने नाममा राज्यको ठूलो धुकुटी खर्च भएको र तीन तहको सरकारको ठूलो संरचनाबाट राज्य कोषमा ठूलो लुट गर्ने काम भइरहेकोले यसलाई रोक्न छरितो संरचनामा जानुको विकल्प नरहेको समेत बताएका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले फजुल खर्च कटौतीतर्फ नजाने हो भने कर्मचारीले तलव खान नै नपाउने स्थिति आउनसक्ने भन्दै रुसमा जस्तै आधा तलवमा काम गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

आर्थिक अवस्था राम्रो हुँदा मात्रै धेरै खर्च गर्ने हो भन्दै उनले तर आर्थिक अवस्था बिग्रिएमा खर्च कटौतीमा जानैपर्ने बताए ।
covid को समस्या कहिलेसम्म रहन्छ, अनिश्चित रहे पनि यसले ठूलो आर्थिक समस्या आउने कुरा सुनिश्चित रहेको बताउनु भयाे ।

सानो र कम खर्चिलो संरचनाबाट अघि नबढ्ने हो भने यो देश चल्न सक्दैन भन्दै उनले covid-19 का कारण नेपालीहरुले अझै धेरै दुःख पाउनुपर्ने दिन आउँदैछ भने ।

कमेन्टहरु