शिक्षा

द च्याट इन्स्टीट्यूटको कृष्णनगरमा औपचारिक उद्घाटन

नवलपुर टुडे
२०७९ कार्तिक १५ | मध्यान्ह १०:०७ बजे

कपिलवस्तु, कार्तिक १५ । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको गोलघर रोड विनोद मिष्ठान भण्डारको अगाडिको घरमा द च्याट इन्स्टीट्यूटको एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिएको छ ।

शिक्षा प्रेमी, समाजसेवी, राजनीतिक व्यक्ति, बुद्धिजीवी, लगायतको उपस्थितमा भव्य उद्घाटन गरिएको हो । द च्याट इन्स्टीट्यूट इंग्लिश स्पिकिङ एण्ड पर्सनालिटी डेवलपमेंट हब मंगलबारदेखि औपचारिक रूपमा सुरूवात भएको छ ।

यस इन्स्टीट्यूटमा इंग्लिश पढ्न, लेख्न, बोल्न, सुनाई लगायतका सिपहरू सिकाई दक्ष जनशक्ति तयार गर्ने उदेश्यका साथ संचालन गरिएको इन्स्टीट्यूट संचालक अभिषेक शुक्लाले जानकारी दिए । यस इन्स्टीट्यूटमा Basic fundamentals of English, Debates, Group discussion, presentation skills, communication skills, personality development लगायतका अग्रेजी भाषामा पोक्त बनाउन तथा विश्व परिवेशमासमेत अंग्रेजी भाषा अग्रणी रहेकालेसमेत यस क्षेत्रमा अंग्रेजी सिक्न चाहनेका लागि टाढा जानै पर्दैन साथै दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा अंग्रेजी सिकाइने जानकारी आयोजकले दिएका छन् l

उक्त इन्स्टीट्यूटमा भर्ना सुरू भैसकेको तथा थप जानकारीका लागि ०७६- ५२०६३५, ९८१२८०६६०० तथा इंडियन नं ९९३६६४८३३६ मा सम्पर्क गर्न सकिनेछ ।

कमेन्टहरु