देश

खुवालुङ संरक्षणका अभियन्ताहरु दिनेश र साजन पक्राउ

नवलपुर टुडे
२०७७ फाल्गुन २७ | मध्यान्ह १०:११ बजे

काठमाडौ । खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई प्रहरीले बिहिवार पक्राउ गरेको छ । सप्तकोशी नदिमा डुंगा चलाउनेहरुको उजुरीको आधारमा खुम्बुलाई सुनसरी चक्रघाटी इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

गत ८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ ढुंगा फुटाएर भएपनि कोसीमा पानी जहाज चलाइ छाड्ने उदघोष गरेका थिए । त्यसको बिरोधमा चारैतिरबाट समाजिक संजालमा बिरोध गरेको छ । सोमबार तमोर, अरुण र दुधकोशीको संगमस्थलमा अभियन्ताहरूले किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरेका थिए ।

सोमबार खुवालुङ पुगेर विरोध गर्ने कार्यक्रम थियो, तर डुंगा व्यवसायीले अभियन्ताहरूलाई खुवालुङसम्म पुर्‍याउन आलटाल गरे पछि सामान्य विवाद भएको थियो । विवादलाई अतिरञ्जित गरेर डुंगा व्यवसायीले प्रहरीमा उजुरी गरे । बिहिबार दिउँसो १ बजेतिर दिनेश काम्दुङ खम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार मंगोल नेशनल अर्गनाईजेशन -डा. गोपाल गुरुङ संगठनका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर -१ का संयोजक शक्ति चाम्लिङ राईको नेतृत्वमा संगठनका संघिय सदस्यहरु र सुनसरी जिल्लासभाका पदाधिकारीहरु पनि उक्त स्थानमा बिरोध गर्दै खुवालुङ संरक्षणका पक्षमा आवाज बुलन्द गर्दै नदिको किनार ढुंगामा खुवालुङ संरक्षण बचाउको नारा लेख्दै, संगठनको झण्डा गाँडेर फरफराएर फर्केका थिए ।

उक्त ढुङ्गा किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको र उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । सुनसरी वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

कमेन्टहरु