प्रतिनिधि सभा बैठक अगावै नेपाल-दाहाल समुहकाे बैठक

नवलपुर टुडे
२०७७ फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

फागुन २३,काठमाडौं ।
आज अपरान्ह चार बजे बस्ने प्रतिनिधि सभा अगावै प्रचण्ड-माधव समुहले नेकपाको ससंदिय दलको बैठक आह्वान गरेको छ।
आजको ससंद बैठकमा प्रधानमन्त्री ओलि विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कि नगर्ने भन्ने अन्योलता कायमै रहेको बेलामा बैठक डाकिनुलाई चासोका साथ हेरिएको छ।
नवलपुर टुडे ले यो खबर तयार गर्दा सम्म आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपि ओलि विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने संभावना निकै कम रहेको छ।
प्रचण्ड-माधव समुहका प्रमुख सचेतक देव गुरुङका अनुसार आगामी ससदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने वारे रणनीति बनाउन बैठक बस्न लागेको संबद्द एक नेताले नवलपुर टुडे सग बताएका छन।






















