मलेसियामा अबैधानिक बिदेशी कामदार बसेको अपार्टमेन्टमा छापा, नेपाली सहित २०५ जना पक्राउ


क्वालालम्पुर । मलेसिया सरकारले अबैधानिक रुपमा बसिरहेका विदेशी कामदारहरु बसेको अपार्ट्मेन्टमा छापामारी गरि पुनः धरपकड र पक्राउ गर्न थालेको छ ।
कोभिड -१९ कोरोना भाईरस संक्रमण कम हुँदैगैइरहेको अवस्थामा मलेसियाको राजधानी क्वालालम्पुरमा पर्ने पुडु भन्ने ठाउँमा अवस्थित एक अपार्टमेन्टमा मलेसियाको अध्यागमन बिभाग (ईमिग्रेशन) द्वारा यहीँ मार्च ५ तारिख, शुक्रवार रातीको समयमा गरिएको छापामारी, धरपकडको क्रममा नेपाली सहित २०५ जना अबैधानिक विदेशी कामदारहरु पक्राउ परेको मलेसियन अध्यागमन बिभागले प्रेस बिज्ञप्ती जारी गरि सार्बजनिक गरिएको छ ।

उक्त अपार्ट्मेन्टमा स्वदेशी संगैं बिदेशी इन्डोनेसिया, म्यानमार, नेपाल र बङ्गलादेश लगायतको विदेशी कामदार बसोबास गर्दै आईरहेका थिए । अपार्टमेन्टमा बसोबास गर्ने स्वदेशी नागरिकहरुले त्यहाँ भारी सङ्ख्यामा अबैधानिक विदेशी कामदारहरु बसोबास गर्दै आईरहेको सुचना मलेसिया अध्यागमन (इमिग्रेशन) बिभागलाई दिइएको आधारमा अपार्ट्मेन्टमा बिभागले छापामारी गरेको हो ।
स्थानीय सञ्चारमाध्यम बेरनामाले समाचारमा उल्लेख गर्दै, छापामारी,चेकजाँचको क्रममा पक्राउ परेका ४२५ जना मध्ये २०५ जना विदेशी कामदारहरु संग बैधानिक कानुनी कागजात नरहेको भन्दै बिभागले पक्राउ गरेर चेल चलान गरेको छ । पक्राउ परेका ती विदेशी नागरिकहरु २० देखि ४९ बर्ष समुहको रहेको समेत उल्लेख गरिएको छ, भने मलेसियास्थित नेपाली दूतावासले पनि अबैधानिक रुपमा बसेका आफ्नो नागरिकको संख्या एकिन गर्न मलेसिया सरकार संग बुझ्ने क्रम जारी राखेको जनाईएको छ ।
photo source : malaysia gazette






















