देश

सिरहा सप्तरीको सबै भन्दा ठुलो राशीको खेल गोलबजारमा सुरु

जगत ठाडा मगर
२०७७ फाल्गुन २२ | बिहान ०९:११ बजे

महेश सिंह
सिरहा । सिरहाको लहान गोलबजार नगरपालिकामा चौधौं गोलबजार मेयर गोल्ड कप २०७७ सुरु भएको छ ।पालिकाको उपमेयर रेशम थापा की अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार नगरपालीकाको मेयर देबनाथ साह को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल र चोहर्वा बाहिनीपति सहायक रथी हेम राज केसी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो। स्वास्थका लागी खेल कुद राष्ट्रका लागि खेलकुद मुलनाराको साथ खेल सुरु गरेको हो। कार्यक्रम को संचालन कसम लामा ले गरेका थिए भने खेलका अध्यक्ष संजित लामा ले बताए ।

photo 2021 03 06 09 20 29

सिरहा, सप्तरी र धनुषाको सब भन्दा ठुलो पुरुस्कारको खेल गोलबजारमा हुने भएको स्थानीय ले बताए । प्रथम पुरुस्कार नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैया र दोस्रो पुरुस्कार २ लाख ७५ हजार ५ सय ५५ पचवंन रुपैया रहेको छ ।

खेल २१ गते देखि सुरु भएको छ भने २८ गते फाईनल खेल हुने भएको छ उक्त खेलमा ८ वटा टिम भाग लिएको छ । सुरुको खेल काठमाडौं त्रिभुवन कलब र जलथल फुटबल कलब झापा बीच प्रतिस्पर्धा हुने भएको आयोजक ले बताउनु भयो । खेल हेर्न हजारौं दर्सकहरुको भिड रहेको थियोे । खेल स्थलमा डसटबिन र सौचालयको ब्यबस्था न रहेको देखिएको छ ।

photo 2021 03 06 09 20 34

जथाभावी दिसापिसाब गर्दा महामारीको रुप लिने जोखिम रहेको छ । खाने पानि, सौचालय र फोर को लागी डसटबिन समेत न रहेको हो गोलबजार नगरपालिकाले अबिल यो कुरामा ध्यानाकर्षण होस र महामरीको जोखिमबाट बच्न स्थानीयले आग्रह गरेको छ ।

कमेन्टहरु