वैदेशिक रोजगारीको नाममा १० लाख ठगी पीडितहरु गुहार्दै पत्रकार


महेश सिंह
लहान । वैदेशिक रोजगारीको नाममा ठुलो रकमको प्रलोभन देखाएर १० लाख ठगी गरेको तथ्य फेला परेको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर प्रधदेबारीको संजित कुमार शर्मा र नबराजपुर गाउँपालिका ४ का जय कुमार साह र सप्तरीको बलान बिहुल गाउँपालिका कोदरकटीका दिलिप कुमार शर्मा गरी ३ जनाबाट बुटवल घर भई हाल वैदेशिक रोजगारीमा दुबईमा रहेका प्रेम शाक्य र काठमाडौंमा एजेन्टको काम गरी बस्दै आएका अनुप लामा भनिने देब कुमार मोक्तानले काठमाडौं बोलाए र तिनै जनालाई दुबई पठाएका थिए ।
दुबईमा काम नपाएर तिनै जना अलपत्र परेका छ्न । जय कुमार साह दुबईको सार्जा र दिलिप कुमार शर्मा अजमान भने ठाँउमा अलपत्र अबस्थामा छन् । तिन जना मध्ये एक जना संजित कुमार शर्मा दुई महिना कष्ट गरेर जसोतसो घर बाट पैसा पठाए पछि बल्ल एक जना नेपाल फर्केका हुन् ।
१० लाख ठगी रहेको रहय बाहिरीएको छ । स्टील कम्पनी दुबईमा तिनै जनालाई ब्यासिक स्यालरी १४ सय दिरान र नेपाली रुपैया १० घण्टाको ४२ हजार नेपाली रुपैया कमाई हुन्छ भने प्रलोभनमा पारेर नोभेम्बर २० तारीखमा दुबई पठाएका थिए । यस्तो झुक्याएर टुरिष्ट भिषामा पैसा ठगी गर्ने ब्यक्तीलाई तुरुन्त कार्बाही गर्न सरकार संग पीडितको माग रहेको छ । अझै पनि दुई जना अलपत्र अबस्थामा रहेको पीडितले बताए । तिन जनामा १० लाख रुपैयाँ ठगी गरेको पीडित सुन्दर शर्माले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।






















