ओलि र विप्लवकाे दाेस्ति सधै रहिरहाेस- “तारा”


नेकपासँगकोे वार्ता सकारात्मक !
नेपाल कम्युनिष्ट पार्टीलाई केपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्दै हालै सम्पन्न भएको वार्तालाई सकारात्मक लिनुपर्छ । ओली सरकारले आफुले गरेको गल्तीबाट सच्चिएको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ं समूहले गरेको शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई प्रतिबन्ध लगाउनु र राजनीतिक आस्था तथा विचार माथि प्रतिबन्ध लगाई दमनको नीति लिनुले विप्लव र उनका नेता कार्यकर्ता तथा शुभचिन्तकहरु समेत भूमिगत बन्न बाध्य भएका थिए र उनीहरुले गर्ने संगठन विस्तार तथा सम्पूर्ण योजना समेत भूमिगत बनेका थिए ।
खुल्ला राजनीतिक व्यवस्थामा आउन नदिएपछि त्यस पार्टी माथि सुराकी गर्ने तथा नेकपाका विरुद्ध गतिविधि गर्नेलाई पार्टीले समेत कार्बाही गर्न शुरु गरेको थियो । एकीकृत जनक्रान्तिको लक्ष्यसहित जनवादी राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीका रुपमा परिभाषित गर्दै जनयुद्धलाई प्रचण्डले धोका दिएको र आफुहरु सच्चा माओवादी भएको भन्दै विप्लवको नेतृत्वमा गठन भएको सो पार्टीले पछिल्लो समयमा चन्दा असुली र व्यक्ति हत्यामा समेत क्रियाशील भएपछि त्यसको व्यवस्थापन अति आवश्यकता थियो ।
त्यहि आवश्यकतालाई हाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले जुन कदम चालेर पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् त्यो सह्रानीय र प्रशंसा योग्य नै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा शान्तिपूर्ण रुपमा राजनीतिक गर्ने, संगठन निर्माण गर्ने र आफ्ना नीति तथा कार्यक्रमलाई जनताको बीचमा लान पाउने अधिकारको सम्मान, व्यवस्थापन र प्रबद्र्धन गर्नु सरकारको दायित्व हो । वार्तामा भएका सहमतिलाई कार्यान्वय गर्न गराउन दुवैपक्षबाट आवश्यक छ ।
राजनीतिक प्रतिबन्ध फुकुवा गर्दै राजनीतिक कार्यबाट विभिन्न अभियोग लागेका सम्पूर्ण आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्न उनीहरुमाथि लगाइएका सबै झुटा आरोपहरु खारेज गर्न आवश्यकता छ । निश्चित समयभित्र सम्पूर्ण बन्दीहरुलाई रिहा गर्दै राजनीतिक गर्न पाउने अधिकारको सुनिश्चित गर्न आवश्यक छ । तर, वर्तमान सरकारस“ग कार्यगत एकता गर्दै विप्लव नेतृत्वको पार्टी सरकारमा जाने भन्ने कुरा असम्भव छ । किनकी सरकारको मन्त्री बन्न अहिलेकै व्यवस्थाले सांसद बन्नु पहिलो शर्त हुन्छ ।
तत्काल सांसद बन्ने अवस्था रह“दैन, किनकी त्यसका लागि पहिला चुनाव हुनुपर्दछ । यदि विप्लव नेतृत्वका कुनै पनि व्यक्ति यहि राजनीतिक परिदृश्यमा सांसद बने वा सरकारमा गए भने त्यो स्वयम् विप्लवको नेतृत्व अवसरवादमा परिणत हुनेछ र उनी प्रति जनताले गरेको आशा निराशामा परिणत हुनेछ र उनीप्रति जनताको घृणा पैदा हुनेछ । व्यक्ति सत्तामा पुग्नु ठूलो कुरा होइन तर त्यस व्यक्तिले जनताका बीचमा गरेको प्रतिबद्धता पुरा गर्नु महत्वपूर्ण हुनेछ । त्यसअर्थमा अहिलेको सरकार नै धरापमा परेको बेला यहि ओलीकै नेतृत्वमा रहेको सरकारमा सहभागि बन्ने कुरा असम्भव छ ।
ओली सरकार आफै कमजोर बनेको र आफ्नै पार्टीबाट कार्बाहीमा परेका कारण उनको अवसान नजिकै आइरहेको बेला उनले विप्लवको सहारा लिनु सामान्य कुरा हो । तर विप्लव समूहका लागि पनि यो महत्वपूर्ण अवसर हो । कार्यगत एकता नभएर आफ्ना गतिविधिलाई खुल्ला रुपमा शान्तिपूर्ण ढंगबाट अघि बढाउन पाउने अधिकारको प्रयोग गर्दै क्रान्तिका अपुरा कार्यभार अघि बढाउन बृहत रुपमा क्रान्तिकारी शक्तिहरुको एकतालाई जोड दिनु विप्लव पक्षको आजको कार्यभार हुनेछ । यदि केहि थान मानिसलाई सत्ताबाट सेवा सुविधा प्रदान गर्ने र जनवादी क्रान्तिको अभिभारालाई बिचैमा तुहाउने हो भने त्यो स्वयम् विप्लवलाई हानीकारक हुनेछ । जसरी पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, प्रभु शाह,रामबहादुर थापा बादल लगायतको हालत अहिले बनेको छ ।
कम्तिमा आफ्नै नेतृत्वमा विप्लव समूहलाई आतंककारी घोषणा गरी उनको पार्टीलाई नै प्रतिबन्ध घोषणा गरेर गरेको गल्तीलाई आफ्नै कार्यकालमा सच्याउने काम गरेका छन् यसले बादलको अन्तिम भूमिकालाई सकारात्मक मान्नुपर्छ । यसरी नै हिजोका क्रान्तिकारी शक्तिहरु बीचको धु्रबिकरण आजको आवश्यकता बनेको छ । हिजोका प्रचण्ड, बाबुराम, मोहन बैद्य र विप्लवहरु फेरी एक ठा“उमा उभिएको हेर्ने जनताको चाहनालाई पुरा गर्न त्यसतर्फ अघि बढ्नुपर्छ ।
– गिदाेन लामिछाने”तारा”























