देश

प्रचण्डसँग बिच्केकाे विप्लव ओलिसंग खुशी – भाेलि नै ओली र विप्लव एउटै मञ्चमा देखिने

नवलपुर टुडे
२०७७ फाल्गुन २० | मध्यान्ह ०१:११ बजे

काठमाण्डाै । फाल्गुन २० बिहिवार, मुलुकमा फेरि एउटा राजनीतिक चमत्कार भएको छ । पुष्पकमल दाहाल, प्रचण्डले १७ हजार शहिदहरुकाे सपनालाई तिलाञ्जलि दिँदै देश र जनताकाे हितमा नभई ब्यक्तिगत स्वार्थमा आफु लागिरेकाे कारण बिद्रोहको बाटो अंगाल्न बाध्य हुनुभएका नेत्रविक्रम चन्द, बिप्लव नेतृत्वको नेकपाले आजबाट हिँसात्मक बाटो परित्याग गर्ने घोषणासहित मुलधारको राजनीतिमा फर्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैले बिशेष फहल कदम लिनुभएपछि बिप्लव नेकपा हिंसा त्यागेर शान्तिपुर्ण राजनीतिमा फर्किएको हो । प्रचण्डकै कारण बिप्लव हिंसाको बाटोमा लाग्नुभएको थियो । नेकपा बिभाजन हुनुअघिसम्म प्रचण्डकै कारण बिप्लव समुहसँग बार्ता हुन सकेको थिएन । प्रचण्डले माधव नेपाललाई साथ लिएर अर्काे समुह खडा गरेसँगै बिप्लवसँगको बार्तामा सफलता मिलेको हो ।

यो सहमतिसँगै नेकपाका तात्कालिन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै बिप्लवसँग बार्ता गरेर शान्तिपुर्ण राजनीतिमा फर्कन नदिएको र सरकारलाई अवरोध गरेको तथ्य बाहिर आएको छ ।

प्रचण्डले पार्टी र सरकार छाडेर अर्काे समुह बनाएको दुई महिनामै बिप्लवसँग सहमति जुटाएर प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल समुहले हरेक काममा अवरोध गरेर सरकारलाई कामै गर्न नदिएको प्रमाण दिनुभएको छ ।

बिप्लव समुह र सरकारी बार्ता टोलीबीच दोस्रो दिनमै सहमति जुटाएर आज बिहान सम्झौता भएको छ । यो ऐतिहासिक सम्झौताको औपचारिक घोषणा भोलि २१ गते राजधानीमा एक विशेष समारोह बीच गरिने छ । गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ” प्रकाण्ड” ले संयुक्त विज्ञप्ति जारी गरेर सो जानकारी दिनुभएको हो ।

यो सहमतिसँगै भूमिगत नेता विप्लव शुक्रबारबाटै सार्वजनिक हुने भएको छ । यसका साथै सरकारले विप्लव नेतृत्वको पार्टीलाई लगाएको प्रतिवन्ध पनि हटाएको छ । यसअघि संबिधान अस्वीकार गर्ने सिके राउतलाई मुलधारमा फर्काउन प्रधानमन्त्री ओली सफल हुनुभएको थियो । केही समयदेखि निरन्तर संवादमा रहेर सहमति कायम हुने अवस्था पुगेपछि सरकार र बिप्लव समुहले बार्ता टोली बनाएको कारण दुई दिनमै सहमति जुटेको हो ।

याे एउटा जिम्मेवार तथा अर्थपुर्ण कदमकाे लागि दुबै पक्षलाई धन्यबाद साथै अबकाे दिनहरुमा कार्यगत एकताहुनसकाेस “नवलपुर टुडे परिवार” काे अग्रिम शुभकामना ।।।

कमेन्टहरु