प्रचण्ड – नेपाल पक्षको पेरिसडाँडामा बसेको केन्द्रिय कमिटीको बैठकले ओली समुहका ६ नेतालाई कार्बाही गर्ने निर्णय


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका ६ नेतालाई कारबाही गरेको छ ।
प्रचण्ड – नेपालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङसहित ६ नेतालाई कारबाही गरेको हो ।
बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निष्कासन गर्नुका साथै संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिएको छ । यस्तै, देव गुरुङलाई हटाएर ओलीले प्रमुख सचेतकमा ल्याएका विशाल भट्टराईलाई पनि कारवाही गरेको छ ।
बैठकले सचेतक शान्ता चौधरीलाई समेत कारबाही गरेको छ । यस्तै, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाएको नवलपुर टुडेलाई जानकारी दिएको छ ।























